सन् १९९७ मा तीन वर्षका लागि जेल परेका इद-अल-सिनानी बाबुले माफी नदिएकै कारण अहिलेसम्म जेलमा छन् ।

सिनानी अहिले ४३ वर्षका भए । १५ वर्षअघि सौतेनी आमालाई पिटेको अपराधमा उनलाई तीन वर्षको कारावासको सजाय दिइएको थियो । जेल सजायको समय भुक्तानी गरिसकेपछि पनि 'बाबुको दृष्टिमा सही छ भन्ने प्रमाणित नभएसम्म' जेलमा नै राख्न बाबुले न्यायाधीशलाई आग्रह गरेका कारण अहिले पनि उनी जेलबाट छुट्न सकेका छैनन् ।

इस्लामिक कानुन प्रणालीमा शरियाको व्याख्या न्यायाधीशपिच्छे फरक हुनसक्दछ ।

मानव अधिकारीले भने सिनानीले करिब १६ वर्ष जेल सजाय भोगिसकेको उल्लेख गर्दै उनी छिट्टै छुट्ने आशा व्यक्त गरेका छन् ।

जिन्दगीभर निःशुल्क बियर ।

बियरका सौकिनलाई जिन्दगीभर निःशुल्क बियर पिउने अवसर प्राप्त भयो भने कस्तो होला ? सम्भावित खुसीको अनुमान लगाउनु सहज छैन । अरूले यस्तो अवसर पाउलान वा नपाउलान्, त्यो त थाहा छैन तर बेलायतका ९४ वषर्ीय पूर्व नौसैनिक प|mेड डेलले भने यस्तो मौका पाएका छन् ।

छयहत्तर वर्षदेखि एउटै पबमा नियमित रूपमा जाने गरेको प|mेड डेललाई 'पबप्रति देखाएको बफादारी' को फलस्वरूप यस्तो विशिष्ट सुविधा उपलब्ध गराइएको हो । पबका मालिक डेब सको भनाइ छ- मलाई यस्तो गर्नु राम्रो लाग्यो । उनी यसका हकदार हुन् ।

डेल पहिलो पटक १८ वर्षको उमेरमा उक्त पबमा छिरेका थिए । नौसेनाबाट अवकाशप्राप्त डेल बागवानी गर्दै आइरहेका छन् । सन् १९३६ को घटना सम्झँदै डेेल त्यसबेला बियर निकै सस्तोमा पाइन्थ्यो भनी प्रतिक्रिया व्यक्त गर्दछन् । लामो आयुको कारण उनी बागवानी र सक्रिय जीवनलाई मान्दछन् ।

मासुको चक्करमा जागिर चट्

कतै तपाईंले पनि अख्तियारको दुरुपयोग त गरिरहनु भएको छैन ? खबरदार, तपाईंको अवस्था पनि स्कटल्यान्डको कोस्टगार्डका एक अधिकारीको जस्तै स्थिति होला ।

यो घटना पनि गएको वैशाख महिनाकै हो । स्कटल्यान्डको सेटल्यान्डमा कोस्टगार्डका दुई जवान हेलिकोप्टर चढेर मासु किन्न पुगेछन् । एक व्यक्तिले कोस्टगार्डका जवान हेलिकोप्टर चढेर आएर स्थानीय खेतमा अवतरण गरी मासु पसलमा मासु किन्न गएको भिडियो खिचेछन् र लौ खा त भनेर युट्युब अपलोड गरेछन् । भिडियो प्रसारणपछि खोजबीन भयो । जवान दोषी देखिए र उनीहरू निलम्बित भए ।

भन्नुस् यस्तो सोख पनि उचित हो त जागिर नै चट् हुने Û नागरिकता पत्रकारिताले कुन बेला कहाँनिर हान्छ के ठेगान ?

छ गोडे शिशुको शल्यक्रिया

पाकिस्तानको सिन्ध प्रान्तको सक्कर सहरमा आˆनो पहिलो सन्तान जन्मन लागेको खुसी मनाइरहेका बाबुआमा बच्चा जन्मेपछि स्तब्ध भए । अक्क न बक्क भए । किनभने उनीहरूको पहिलो सन्तान सामान्य थिएन, छ गोडा भएको शिशु थियो । कतै छ गोडे 'शैतान' त होइन Û

उक्त असामान्य शिशुलाई कराँचीस्थित राष्ट्रिय बाल स्वास्थ्य संस्थानमा पठाइयो । त्यहाँ डाक्टर शिशुको सफल शल्यक्रिया गरी चारवटा गोडा हटाउन सफल भए । संस्थानका निर्देशक जमाल रजाले 'डेली न्युज' सँगको कुराकानीमा शल्यक्रिया सफल भएको बताए ।

चिकित्सकका भनाइमा शिशुले पछि गएर केही समस्या भने भोग्नु पर्नेछ किनभने शल्यक्रिया गर्दा शिशुको शरीरका केही भित्री अङ्ग पनि हटाइएका छन् ।

शिशुको शल्यक्रियामा छ हजार छ सय डलरभन्दा बढी खर्च भएको थियो । सो खर्च भने सरकारी संस्थाले व्यहोरेको थियो ।

यौन हिंसाको विरोधमा निर्वस्त्र

पन्ध्र जना महिलाको एउटा समूहले आˆनो लुगा फुकालेर यौन हिंसाविरुद्ध विरोध प्रदर्शन गरे । घटना अपि|mकी मुलुक युगान्डाको हो । गएको वैशाखमा त्यहाँको टेलिभिजन प्रसारणमा एक जना प्रहरी अधिकारीले इन्गि्रड तुरिनावको स्तन समातिराखेको र तुरिनाव पीडाको कारण चिच्याइरहेकी देखाइएको थियो । तुरिनाव त्यहाँको फोरम फर डेमोक्रेटिक चेन्ज पार्टीकी नेता हुन् । अर्को हप्ता एउटा र्‍यालीको योजना बनाइरहेकी तुरिनावलाई गिरˆतार गर्न प्रहरी त्यहाँ पुगेको थियो ।

घटना त्यतिमा सीमित रहेन । प्रदर्शनकारी महिला पूरा सहर घुमिसकेपछि प्रहरी प्रधानकार्यालय पुगेका थिए । प्रदर्शनी आयोजक बार्बरा अलिमाडीले प|mान्सेली संवाद समितिसँगको कुराकानीमा प्रहरी त्यहाँ काम गर्न आउँछन् कि महिलामाथि यौन हिंसा गर्न भनी आफूहरूले सोध्न चाहेको उल्लेख गरेकी थिइन् । टिसर्ट लगाउनभन्दा नमानेका छ जनालाई प्रहरीले गिरˆतार गरेको थियो र दुई घण्टापछि विनाआरोप छाडिएको थियो ।